बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बिच बजारमा सडक बिस्तारको काम तिव्र गतिमा

मार्तडी बिच बजारमा सडक बिस्तारको काम तिव्र गतिमा

  • मङ्लबार, चैत्र १९, २०७५
मार्तडी बिच बजारमा सडक बिस्तारको काम तिव्र गतिमा

लक्ष्मीराज पाध्याय
बाजुरा १९ चैत्र
सदरमुकाम मार्तडीको माथिल्लो बिच बजारमा रहेको सडक बिस्तारको काम तिव्र गतीमा भइरहेको छ । सडक बिस्तार काम सँगै बिजुलीका पोल सार्ने काम र घर हटाउने काम पनी तिव्र गतिमा भइरहेको हो ।
३ सय ५४ मिटर सडक निर्माण कार्य भइरहेको छ, यो निर्माण पछि मार्तडी बजार मुहार फेरिने भएको छ । सदरमुकाम मार्तडीको गौडा डिल देखी जिल्ला प्रशासन र जिल्ला बन डिभिजन कार्यालय देखी जिल्ला अस्पताल सम्मको सडक निर्माण कार्य तिब्र भइरहेको बडिमालिका नगरपालिका नगर प्रमुख पदम बढुवालले वताएका छन् । माथिल्लो बजारमा रहेको सड्कको बिच बजारमा हटाउनु पर्ने घर, बिजुलीको पोल नहटाउँदा केही समस्या आए पनी चाडै काम सम्पन्न गरिसक्ने नगरपालिकाले बताएको छ । सडक निर्माणमा केही अबरोध भएपनि सहजिकरण भइरहेको छ, एक दुई जना भन्दा बाहेक सबैको सहयोग भएको प्रमुख पदम बडुवालले बताएका छन् ।
सडक निर्माण कार्य भएको महिना वितिसक्दा पनि निर्माणको जिम्मा लिएका दुई कम्पनीले समयमै सडक निर्माणको काम गरिसक्ने बताएका छन् । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, बृद्धबृद्धा, अपाङ्ग भएका व्यक्तिले निकै सास्ती भोग्दै आएको समस्या अबको दुई महिनामा समाधान गर्ने डि.बी कन्ट्रक्सनका ठेकेदार विजयराज पण्डितले बताएका छन् । आफ्नो गौडा डिल देखी जिल्ला प्रशासन सम्मको काम एक महिनामै गरिसक्ने गरी काम भईरहेको डि.बी कन्ट्रक्सनका ठेकेदार पण्डितले बताएका छन् ।
सडक छेउमा रहेका काल्चे दमाइ, अर्जुन थपा, दिपा बोहरा र कविता थापाको घरधनीले सडकको बाटो नछोड्दा केही ढिलाइ भएको थियो ठेकेदार पण्डितको भनाई रहेको छ । यता जिल्ला बन डिभिजन कार्यालय देखी जिल्ला स्वास्थ्य सम्मको ठेकेदारले भने बजारमा रहेका बिजुलीका पोलको जती चाडोँ ब्यबस्थापन गर्नुपर्ने बताएका छन् । बिजुलीका पोलहरु ब्यबस्थापन गरिदिए काम चाडो हुने बताएका छन । सडकको चौडाइ ६ मिटर रहेको छ ।
बिजुलीको पोल सार्ने जिम्मा लिएको त्रिबेणी साना जलबिद्युत केन्द्रले पनी पोल सार्ने कामलाई केही दिन देखी आगडी बढाएको छ । पोलको ब्यबस्थापन पश्चात सडक बिस्तारको कामलाइ अगाडी बढाउने ठेकेदारले बताएका छन् । माथील्लो बजारको सडक निर्मार्ण कार्यमा ढिलाई हुदाँ जिल्ला प्रशासनको निर्माणाधिन भईरहको भवनको कच्चा पदार्थ सामान ढुवानीमा समेत अबरोध पुर्याएको छ । यता जिल्ला अस्पताको भवनको सामान ढुवानीमा समेत अबरोध भएपछी काममा ढिलाई भएको भवन निर्माणका ढेकेदारहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार