बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा २ दिने शिविर संचालन

कोल्टीमा २ दिने शिविर संचालन

  • सोमवार, चैत्र १८, २०७५
कोल्टीमा २ दिने शिविर संचालन

धर्म सुनार
कोल्टी १८ चैत्र
कोल्टीमा २ दिने स्वास्थ्य शिबिर संचालनमा आएको छ । शिविर बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरिएको हो । सामाजिक विकास मन्त्रालय सुदुर पश्चिम प्रदेसको पहलमा दुर्गम ठाउँमा आयुर्वेद सहितको विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरीएको प्राथमिक केन्द्रले बताएको छ । विरामी हरुले निशुल्क उपचार पाउने गरि यो शिविर संचालन गरिएको बताएको छ । शिविरमा विभिन्न रोगका उपचार गर्ने व्यवस्था गरिएको. बुढीनन्दा नगरपालिका उपप्रमुख सृक्ष्टी रेग्मीले बताएकी छन् । स्त्री रोग, बाल रोग हाँड जोर्नी, डेन्टल रोग, आयुर्वेद जस्ता रोग हरुको निशुल्क उपचार गरिने उपप्रमुख रेग्मीले बताइन । कोल्टी क्षेत्रमा पर्ने चार वटौ स्थानीय तहहरुलाइ केन्द्रीत गरी यो शिविर संचालन गरीयको छ । बुढीनन्दा नगपालीकाको आयोजनामा र सामाजिक विकास मन्त्रालय धनगडी, कैलालीको प्राविधकि र आर्थिक सहयोग यो कार्यक्रम संचालन गरिएके बताइएको छ । उक्त कार्यक्रमलाई सुदुरपश्चिम प्रर्देशका संसद बल्देब रेग्मीले उद्घाटन गरेका थिए । वुढीनन्दा नगरपालीकी उपप्रमुख सृष्टी रेग्मीको अध्यक्षता संचालनमा गरिएकोे कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिमका प्रदेशका संसद वल्देब रेग्मी रहेका थिए । विशिष्ठ अतिथी बाजुरा जिल्ला समुन्वय समितिका सभापति नरिन्द्र व. रोकाया रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार