शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पर्यटन
  • भैरहवामा अब २५ रुपैयाँमै खाना खान पाइने

भैरहवामा अब २५ रुपैयाँमै खाना खान पाइने

  • बुधबार, चैत्र १३, २०७५
भैरहवामा अब २५ रुपैयाँमै खाना खान पाइने

एक छाक शाकाहारी खानाको मूल्य कति पर्छ ? सामान्य होटलमा न्यूनतम एक सय रुपैयाँदेखि तारे होटलमा अधिकतम एकहजार रुपैयाँसम्म । यदि कसैले २५ रुपैयाँमै शुद्ध शाकाहारी खाना दिन्छु भन्यो भने धेरैलाई पत्याउन मुश्किल पर्छ । तर, भैरहवामा एकजना व्यवसायीले यस्तै अपत्यारिलो कामको शुरुवात गर्दैछन् ।

पेशाले कन्स्ट्रक्सन इन्जिनियर रहेका मारवाडी समुदायका रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउन थालेका छन् । मायादेवी च्यारिटेबल फाउण्डेसनअन्तर्गत अन्नपूर्ण भोजनालयमार्फत आउँदो बैशाखदेखि रौनियारले यो कामको थालनी गर्न लागेका हुन् ।

खासगरी अस्पताल, सरकारी स्कूल र धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा शुरु गरेर खाना खुवाउने रौनियारले बताए । युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, रणअम्बिका आँखा अस्पताल, धेरै विद्यार्थी पढ्ने सरकारी स्कूलहरुमा यस्तो सेवा दिने उनको तयारी छ । अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार