शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • पाँच वर्षपछि सुरुङ युग सुरु हुन्छ : प्रधानमन्त्री ओली

पाँच वर्षपछि सुरुङ युग सुरु हुन्छ : प्रधानमन्त्री ओली

  • शनिबार, चैत्र ९, २०७५
पाँच वर्षपछि सुरुङ युग सुरु हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ०७५ देखि २०८० सम्मको युग सडक निर्माणको युग सुरु हुने बताए । उनले ०८० देखि सुरुङ युग सुरु हुने दाबी पनि गरेका छन् । सडक विस्तारदेखि निर्माणलाई तीव्रता दिने क्रममा ०८० देखि सुरुङयुक्त सडकहरू निर्माणमा जोड दिइने प्रधानमन्त्रीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवलखण्डको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको शुक्रबार बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सडक विस्तारका क्रममा आवश्यक ठाउँहरूमा सुरुङहरू निर्माणका काम पनि अगाडि बढ्ने उनले बताए । ‘सडक निर्माण गर्दा जहाँ जे–जे पर्छ भत्काउने र छेड्ने काम अगाडि बढ्नेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले रेलमार्ग निर्माणले पनि तीव्रता लिने दाबी गरे ।

निर्माणका क्रममा गिट्टी बालुवाको कमी पनि नहुने उनले बताए । ‘निर्माणका क्रममा गिट्टी बालुवाको कमी हुन्छ कि भनेर चिन्ता नलिनुहोस्, पहाड भत्काएर पनि सप्लाई हुन्छ । स्थानीय तहहरूले वातावरण संरक्षणलाई ध्यान दिएर विकास निर्माण गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । वातावरणीय सन्तुलन मिलाएर विकास गर्नुपर्नेमा उनले जोड दिए । सडक विस्तार बुटवलबाट सुरु गरेर पूर्वतिर मात्रै जान्छ कि भन्ने चिन्ता नलिन आग्रह गर्दै प्रधानमन्त्रीले विस्तारको काम पूर्व–पश्चिम दुवैतिर हुने बताए । प्रधानमन्त्री ओलीले लुम्बिनीबाट कपिलवस्तुको तिरौलाकोटसम्म जाने तथा मुख्य राजमार्गबाट तिरौलाकोट जाने सडक पनि स्तरोन्नति हुने जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार