बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मोडेल स्लाइडर
  • क्याप्टेनबाट उदाएकी सुदूरपश्चिमकी चेली उपासनालाई ६७ चलचित्र खेल्न अफर

क्याप्टेनबाट उदाएकी सुदूरपश्चिमकी चेली उपासनालाई ६७ चलचित्र खेल्न अफर

  • शनिबार, चैत्र २, २०७५
क्याप्टेनबाट उदाएकी सुदूरपश्चिमकी चेली उपासनालाई ६७ चलचित्र खेल्न अफर

धनगढी २ चैत

चलचित्र ’क्याप्टेन’मा मेघास्टार अनमोल केसीसँग जोडी बाँधेकी उपासना सिंह ठकुरीलाई एकपछि अर्को गर्दै नयाँ चलचित्रका लागि अफर आईरहेका छन्। चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै नयाँ चलचित्रका लागि अफर आउने क्रम सुरु भएकोमा अहिले भने धेरै नयाँ चलचित्रका लागि अफर आउने क्रम ह्वात्तै बढेको छ। नयिका उपासनाका अनुसार अहिले सम्म ६७ चलचित्रका लागि अफर आईसकेको छ। यद्यपी कुनै पनि चलचित्रमा अनुबन्ध भने अहिले सम्म नभएको उनले बताईन्।

डेब्यु चलचित्र क्याप्टेनबाटै सर्वाधिक चर्चा कमाउन सफल ठकुरीले अध्ययन पनि संगै लैजानु पर्ने भएकाले तत्कालै नयाँ चलचित्रका लागि अनुबन्ध नभएको बताईन्। उनले विभिन्न चलचित्रको स्कृप्ट भने अध्ययन गरिरहेको बताईन्।
उनलाई चलचित्र  ‘कबड्डी ३’बाट समेत अफर आएको छ। रामबाबु गुरुङले निर्देशन गर्न लागेको चलचित्र ‘कबड्डी ३’मा उपासनाको अभिनयलाई देखेर उनलाई अफर गरिएको हो। ‘क्याप्टेन’को ट्रेलर हेरेलगत्तै निर्देशक गुरुङ ठकुरीबाट प्रभावित भएका थिए।

चलचित्रका लागि नायक भने दयाहाङ राई फाइनल भईसकेका छन्। ‘कबड्डी’, ‘कबड्डी ९कबड्डी’ र ‘कबड्डी ३’मा पनि मुख्य भूमिकामा दयाहाङ राईलाई नै देख्न सकिन्छ। चलचित्र क्याप्टेनमा नयाँ नायिकाको खोजी भएपछि सुदूरपश्चिमकी चेली उपासना सिंह ठकुरीलाई रोजिएको थियो।

उनको जन्म सुदूरपश्चिमको पनि दुर्गम जिल्ला दार्चुलामा भयो, अहिले उनको परिवार तराईको जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगर सरेको छ। बुवा नेपाली सेनामा जागिरे भएकाले उनी र उनका बुवा, आमा भने अहिले काठमाडौँ बस्दै आएका छन्। उपासनाको अध्ययनको सुरुवात पनि काठमाडौँमै भएको थियो भने अहिले पनि जारी छ। वुढानिलकण्ठमा बस्दै आएकी उपासना अहिले स्नातक तह प्रथम बर्षमा अध्ययनरत छिन्।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार