बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कक्षा आठको नगरस्तरीय परीक्षा बुधवार देखि शुरु

कक्षा आठको नगरस्तरीय परीक्षा बुधवार देखि शुरु

  • बिहिबार, फाल्गुन ३०, २०७५
कक्षा आठको नगरस्तरीय परीक्षा बुधवार देखि शुरु

नहकुल जोशी
कोल्टी, ३० फागुन
बाजुराको बुढीनन्दा नगरपालिकामा कक्षा आठको नगरस्तरीय परीक्षा बुधवारदेखि शुरु भएको छ । यस अघि जिल्ला स्तरबाट सञ्चालन हुने परीक्षा दोस्रो पटक स्थानिय तह स्तरबाट सञ्चालन गरिएको हो । बुढीनन्दा नगरपालिकाले आज देखि शुरु गरेको कक्षा आठको नगरस्तरीय परीक्षामा नगरपालिका भरिका १२ वटा सामुदायीक र १ संस्थागत विद्यालयका ४५३ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाई रहेका छन । नगरस्तरीय परीक्षाको बुधवार पहिलो दिन नेपाली विषयको परीक्षा भएको बुढीनन्दा शिक्षा युवा तथा खेलकुद विकास साखा प्रमुख रंगमल विश्वकर्माले बताए । उनले नगरपालिका भरिका कक्षा आठ सम्म पढाई हुने सवै विद्यालयमा एउटै प्रश्नपत्रको निमार्ण गरी कक्षा आठको परीक्षालाई नगरस्तरीय बनाइएको बताएका छन । नगरपालिकाले कक्षा पाँचको परीक्षालाई पनि नगरस्तरीय वनाउने सोचेको भए पनि कक्षा सात सम्मको निरन्तर मूल्लाङकन प्रणालीले गर्दा यस पटक नगरिएको बताए । यस अघि कक्षा आठको परीक्षा जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्ने गरेको थियो । स्थानिय तह भै सकेपछि अहिले स्थानिय तह स्तरमै हुन थालेको छ । गत बर्षको नतिजाबाट आफू धेरै निराश भएको बताउदै शिक्षा साखा प्रमुख विश्वकर्माले शिक्षामा गुणस्तर ल्याउन नगर स्तरमा अझ थुप्रै काम हुन वाकी रहेको बताए । बाजुराका सवैजसो स्थानिय तहका विद्यालयको शैक्षिक उपलब्धी ज्यादै न्युन रहेको सम्वन्ध अधिकारीहरुले बताउने गरेका छन ।
बुढीनन्दा नगरपालिकामा अन्य कक्षाको परीक्षा पनि आजै देखि शुरु भएको हो । नगरपालिका भरिका ५ हजार ९१३ जना विद्यार्थी आज देखि परीक्षामा सामेल भै रहेका शिक्षा साखाले जनाएको छ । परीक्षालाई म¥यादित र प्रभावकारी बनाउन नगरपालिका स्तरबाट परीक्षाको अनुगमन समेत भईरहेको शिक्षा साखा प्रमुख विश्वकर्माले बताए । परीक्षाको पहिलो दिन आज वडा नं एकका विभिन्न विद्यालयको परीक्षा अनुगमन गरिएको छ । साखा प्रमुख रंगमल विश्वकर्मा सहित सामाजिक विकास समितिका प्रमुख रामबहादुर बोहोरा, नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्या, चन्द्रनाथ आधारभुत विद्यालयका प्रधानाध्यापक पदमबहादुर शाही र सञ्चारकर्मीको टोलीले पहिलो दिन विभिन्न विद्यालयको अनुगमन गरेको हो ।
यसैविच जिल्लाका कतिपय विद्यालयहरुमा भौतिक संरचनाको अभावमा विद्यार्थीहरु चौरमा बसेर परीक्षा दिन वाध्य भएका छन । विद्यालयहरुमा प्रर्याप्त डेस्क बेन्च नहुदा विद्यार्थीहरु खुला चौरमा परीक्षा दिन वाध्य भएका हुन । सवै विद्यार्थीलाई राख्नका लागि हामी संग डेस्क बेन्चहरु छैनन त्यसैले हामीले चौरमै परीक्षा दिन लगायतका छौं कालिका आधारभुत विद्यालय पिपलडालीका प्रधानाध्यापक गोरखबहादुर कार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार