बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • गौमुल
  • गौमुल गाउँपालिका खाद्य विधामा देशभरबाट दास्राे

गौमुल गाउँपालिका खाद्य विधामा देशभरबाट दास्राे

  • बुधबार, फाल्गुन २२, २०७५
गौमुल गाउँपालिका खाद्य विधामा देशभरबाट दास्राे

प्रमित बि.क, बाजुरा, २२ – फाल्गुन ।

बाजुराबाट गौमुल गाउँपालिका खाद्य विधामा देशभरबाट दोस्रो स्थान हासिल गर्न सफल भएको छ । काठमाडौंमा आयोजना भएको १२ औँ राष्ट्रिय प्राङ्गगारिक मेलामा फागुन १७ गतेदेखि फागुन १९ गतेसम्म काठमाण्डौंमा सञ्चालन भएको मेलामा गौमुल गाउँपालिका ८ हजार नगद सहित सम्मान पत्र प्राप्त गर्दै दोस्रो स्थान हाँसिल गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । कार्यक्रममा सिंगो बाजुरा जिल्लाको पहिचान हुने गरी बिभिन्न किसिमका रैथाने बालीको कार्यक्रममा प्रर्दशन गरीएका थिए । अवलोकन गर्ने मानिसको बाक्लो सहभागिता रहेको मेलामा गौमुल गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरु कोदो, फाँपर, चिनो कागुनो, सिमीको पीठो लगाएत बिभिन्न परिकारहरु कार्यक्रममा प्रर्दशनमा राखेको गौमुल गाउँपालिका कृर्षि विकास शाखा प्रमुख रमेश बि.क.ले बताउनुभयो । गौमुल गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको समेत प्राविधिक सहयोगमा जिल्लाको राष्ट्रिय स्तरमै प्रतिनिधित्व गर्ने गरी कार्यक्रममा गाउँपालिकाले सहभागिता जनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार