शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हिमाली
  • हिमपातले गुम्वामा पशुचौपायाकाे मृत्यु

हिमपातले गुम्वामा पशुचौपायाकाे मृत्यु

  • शनिबार, फाल्गुन १८, २०७५
हिमपातले गुम्वामा पशुचौपायाकाे मृत्यु

बाजुराको हिमाली गाउँपालिकाको गुम्बामा तीन फिट हिउँ परेपछि स्थानियबासीहरु घरवाहिर निस्कन नपाएर जनजीवन कष्टकर बनेको छ । सो गाउँपालिकाका उच्च भेगमा पर्ने युना, गुम्बा लगायतका दर्जनौ बढि ठाउँहरुमा भएको बाक्लो हिमपातका कारण केहि पशु चौपया मरेका छन् ।
हुम्ला सिमिकोट गाउँपालिका डाडाँफयाका कपिल सुनारले चरीचरनका लागि गुम्बा ल्याएका ४५ वटा बाख्राहरु पालमाथिको हिउँले च्यापीएर मरेको बताईएको छ । लगातारको बर्षाले स्थानियलाई घरबाट बाहिर निस्किन र पशुचौपायालाई चरीचरन र घाँसपानी गर्न समेत निकै कठिन भएको स्थानियले बताएका छन् ।
अहिले त्यस क्षेत्रमा लगातार बर्षासँगै हिउँ पनि परिरहेको स्थानीय कल्सरी सुनारले जानकारी दिएकी छन । लगातारको बर्षाले बाटो भत्किंदा गुम्बा र युनाका स्थानियलाई आवत जावत गर्न पनि निकै समस्या भएको छ ।

चर्चामा

सम्बन्धित समाचार