शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • छापामा आज : राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ

छापामा आज : राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ

  • बुधबार, फाल्गुन १५, २०७५
छापामा आज : राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ

१५ फागुन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले ‘घरबाहिर’का विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् । भारत–पाकिस्तानबीच बढ्दो तनावलाई आजका अधिकांश दैनिक पत्रिकाले मुख्य समाचार बनाएका छन् ।

भारतले पाकिस्तानी शिविरमा मंगलबार आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको छ ।

त्यस्तै, नेपालमा चिनियाँ लगानीबारे अमेरिकाले उठाएको प्रश्नको विषयलाई पनि पत्रिकाहरुले समेटेका छन् । अमेरिकाले लगानीबारे असन्तुष्टि जनाएलगत्तै चीनले अविश्वास पैदा नगर्न आग्रह गरेको छ ।

कान्तिपुरले ‘भारत–पाक तनाव तीव्र’ शीर्षक दिएर पाकिस्तानी शिविरमा भारतले सोमबार गरेको आक्रमणबारे मुख्य समाचार लेखेको छ । आक्रमणमा ३ सय विद्रोही मारेको दाबी भारतको छ । तर पाकिस्तानले भारतीय दाबीलाई ‘मनगढन्ते’ भएको टिप्पणी गर्दै उचित समय र स्थानमा जवाफ दिने चेतावनी दिएको छ ।

भारत–पाकिस्तानबीचको तनावले युद्धको खतरा बढेको विश्लेषण नयाँ पत्रिकाको छ ।

नेपालमा चिनियाँ लगानीबारे अमेरिकाले प्रश्न उठाएलगत्तै चीनले दिएको जवाफलाई अन्नपूर्णले समेतेको छ । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा चिनियाँ लगानी नेपालको हितमा हुनुपर्ने बताएको केही समयपछि नै चिनियाँ प्रतिक्रिया सार्वजनिक भएको हो ।

अन्नपूर्णका अनुसार, चिनियाँ राजदूत होउ यान्छीले कोसौं टाढा रहेको मुलुकको छिमेकमा अविश्वास पैदा हुनेगरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएका नेपाल–चीन वर्षौदेखिका दुःख–सुखका छिमेकी भएको उनको भनाइ छ ।

अन्नपूर्ण लेख्छ– राजदूत हाउले अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनुपर्ने बताइन् ।

नेपालमा बोलिने १ सय २३ भाषाकै शब्दकोष बन्ने भएकोलाई अन्नपूर्णले एंकर बनाएको छ ।

नागरिक दैनिकको पहिलो पृष्ठमा राज्यको ढुकुटीमा ठेकेदारले रजाइँ गरेको खबर छ । सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकेदारहरुले रजाइँ गरेको नागरिकको समाचारमा उल्लेख छ ।

आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई मोबिलाइजेनसका नाममा सुरुमै रकम दिनुपर्ने कानूनी व्यवस्था अनुसार २३ अर्ब ६० करोड रुपैयाँ लगेका हुन् ।
त्यस्तै मुस्लिम आयोग अध्यक्षका लागि सवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले योग्य बनाउन चलखेल थालेको दाबी पनि नागरिकले गरेको छ ।

साभार अनलाइन खबर बाट

चर्चामा

सम्बन्धित समाचार