बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्यालय छोडेका यूवायूवतीलाई सिपमुलक तालिम

बिद्यालय छोडेका यूवायूवतीलाई सिपमुलक तालिम

  • शनिबार, फाल्गुन ११, २०७५
बिद्यालय छोडेका यूवायूवतीलाई सिपमुलक तालिम

 बडीमालिका सम्बादाता
१८ देखी २२ बर्ष उमेर समुहका ३४ जना युवाहरूलाई जीवनोपयोगि तथा वित्तिय शिक्षा सीप सम्बन्धि ४ दिने तालिम सिपमुलक तालिमको आयोजना गरिएको छ । बडीमालिका नगरपालिका वडा न ७ का युवाहरुलाई सो तालिम दिएको हो ।


सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पीसविन बाजुराद्वारा सँचालित यूवा सशक्तिकरण बुलगारी परियोजनाको आयोजना र बडीमालिका नगरपालिका वडा नँ ७ को समन्वयमा सो तालिम दिइएको पीसविन बाजुराका परियोजना संयोजक धर्म रोकायाले बताएका छन । बडीमालिका नगरपालिका वडा न ७ को चुथिमा आजबाट सँचालन गरिएको छ । तालिको उद्घघाटन वडा नँ ७ का वडा सचिव काँशी प्रशाद पाध्याले गरेका थिए । तालिमको सहजिकरण परियोजना सँयोजक धर्म बहादुर रोकाया, फिल्ड सुपरभाईजर खड्गराज जैशी र हिरा बहादुर वि. क. ले गरेको सयोंजक रोकायाले बताएका छन । वेराजगार युवाहरुलाई जीवनोपयोगी सीप र वित्तिय शिक्षा सीप सम्वन्धी ४ दिनको तालिम पश्चात पुन ५ दिनको लघु उद्यम तालिम सँचालन गरिने बताएको छ । उक्त तालिम पश्चात व्यवसाय सँचालन गर्न ईच्छुक १८ देखि २२ वर्ष उमेरका यूवा यूवतीहरुले सहकारीबाट विना लालपुर्जा बार्षिक रुपमा अधिकतम १० प्रतिशत व्याज तिर्ने गरि ऋण लिएर जिविकोपार्जन गर्नका लागी तालिमको आयोजना गरिएको बताएको छ ।

उक्त रकमका लागि पीसविनले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा कार्यक्षेत्रका केहि नमुना सहकारीहरुलाई घुम्ती कोषको स्थापनाका लागि वीउ पुँजी रकम सहयोग गर्दै आईरहेको छ । सो रकमबाट प्राप्त व्याजको ५० प्रतिशत रकम सहकारीद्वारा स्थापना भएको बाल अनुदान कोषमा जम्मा गरिने र उक्त कोषबाट नगरपालिका भित्रका गरिव तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहकारीद्वारा छात्रवृत्ति रकम सहयोग गरिने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार