बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • सुत्केरीको हेलिकप्टरबाट उद्धार

सुत्केरीको हेलिकप्टरबाट उद्धार

  • बुधबार, फाल्गुन ८, २०७५
सुत्केरीको हेलिकप्टरबाट उद्धार

बडीमालिका खबर
बाजुरा ८ फागुन
बाजुराको गौमुल गाउँपालिका १ अन्द्राणीकी २२ वर्षिय सुत्केरी अन्जना बोहराको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
फागुन २ गते घरमै बच्चा जन्माएकी बोहराको उच्च रक्तश्राब भएपछि एकहप्ता देखि घरमै विरामले थला परेकि थिईन् । अन्द्राणीमा रहेको उनको घरबाट स्वास्थ्य चौकी अम्लीस जान करिब ५ घन्टा बढी लाग्ने भएकोले उनी घरमै बसेकी थिईन् ।
सुत्केरी भएकी बोहराले बच्चालाई जन्म दिईसकेपछि साल नझरेर रगत उच्च रक्तश्राब भएको उनका आफन्त रामबहादुर बोहराले बताएका छन् ।
बुधबार गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको पहलमा हेलिकप्टर मार्फत सुत्केरी बोहरालाई काठमाण्डाै लगिएको छ । उनको रगत धेरै बगिसकेकोले जिल्ला अस्पतालमा पनि उपचार गर्न सम्भव नभएकाले हेलिकप्टको व्यवस्था गरेर थप उपचारका लागि काठमाण्डाै पठाईएको गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन् ।
बाजुरा जिल्लाका अधिकाँस ग्रामिण भेगमा महिलाहरुले सुत्केरी व्यथा लागेपछि विभिन्न समस्या झेल्न बाध्य हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार