बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • पीडितले रोजेको प्रहरी

पीडितले रोजेको प्रहरी

  • सोमवार, माघ २८, २०७५
पीडितले रोजेको प्रहरी

महिला सेल प्रमुख मञ्जु चौधरी, हरेक पीडितको मुखमा झुण्डिने नाम हो

लक्ष्मी भण्डारी / सुर्खेत

प्रहरी भन्ने बित्तिकै धेरैको सोचाई आउँछ की उनीहरुको व्यवहारमा कडापन हुन्छ । प्रहरीसँग सर्वसाधरण मानिसहरु घुलमिल हुँदैनन, त्यसमा पनि महिला र बालवालिका प्रहरी भन्ने वित्तिकै टाढै हुन्छन् । यतिमात्र होइन उनीहरु आफ्नो ड्युटीभन्दा अन्य सेवाको काम गर्दैनन् । तर, तपाईमा यस्तै सोचाई छ भने यो भ्रम मात्र हो । यसको उदाहरण हुन्  मञ्जु चौधरी ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्र्तगत महिला तथा बालवालिका सेवा केन्द्र अन्तर्गतको महिला सेलका प्रमुख मञ्जु चौधरी, हरेक पीडितको मुखमा झुण्डिने नाम हो । उनी ड्युटीलाई मात्र होइन सेवालाई प्राथमिकता दिएर काम गर्छिन् । जसले गर्दा पीडित उनको नाम खोज्दै आउँछन् । न्याय खोज्दै महिला सेलको ढोकामा आउने पीडितहरुले उनकै खोजी गर्छन् । न्यायको खोजीमा आउने पीडितहरुलाई उनी पारिवारिक वातावरण दिन्छिन् । जसको कारण उनकै खोजी हुने गरेको छ ।

विद्यालय जाने एक्लीे छोरी

सामान्य परिवार त्यसमा पनि बाँकेको कोहलपुर स्थित चौधरी परिवारमा उनको जन्म भयो । त्यतिबेला यस समुदायमा पढाउने लेखाउने प्रचलन थिएन । त्यसमा पनि छोरीलाई अझ बन्देज थियो । विद्यालय जान भनेपछि औधि रहर गर्ने मञ्जु चौधरी समुदायबाट विद्यालय जाने एक्लो छोरी थिइन् । उनी एक्लै विद्यालय जाँदा सबैले अनौठो मानेर हेर्ने गर्दथे । उनी निरन्तर पास हुँदै गइन र एसएलसी पास भइन् । प्रयास गरेपछि हरेक कुराको सफलता हुन्छ भन्ने उदाहरण बनिन् मञ्जु । उनलाई देखेर यस समूदायका अन्य बालवालिका पनि विद्यालय जान थाले ।

शिक्षक बन्ने रहर

पढेर शिक्षक बन्ने मञ्जुको साह्रै रहर थियो, ‘पोशाक लगाएर विद्यालयमा पढाउन गएको खुब पथ्र्याे’ उनी भन्छिन्, ‘जसको लागि १० महिने शिक्षकको तालिम पनि लगिसकेको थिए’ उनको आमाको सपना पनि त्यही थियो । एसएलसी पास पछि मञ्जुलाई जागिर खानुपर्छ भन्ने सोचाई आइसकेको थियो । त्यतिबेला प्रहरी जवान खुलेको उनले थाह पाइन् । उनलाई त्यहाँ जागिर खाने रहर जाग्यो । मञ्जु एक नम्वरमा नाम निकाल्न सफल भईन् । २०६२ सालमा जवान भएकी मञ्जुले २०६४ सालमा असईमा नाम निकाल्न सफल भइन् । विभिन्न जिल्लाहरुमा सेवारत उनी तीन वर्ष यता सुर्खेतमा महिला तथा बालवालिका सेवा केन्द्रको प्रमुखको रुपमा कार्यरत छन् । उनी २०७२ साल यता घटना स्थल विशषज्ञ अफिसरको रुपमा बढुवा भएर    काम गर्दै आएकी छन् ।

यसरी न्याय गराउँछिन्

पीडित जब उनको कार्यकक्षमा प्रवेस गर्छन् सुरुमा उनकै नाम लिन्छन् । उनको मन्त्रमुग्ध आवाजले पीडितको पीडा कम गराउँछ । विभिन्न मुद्दाहरुको छलफलमा बस्नलाई उनलाई नै रोज्ने गर्दछन् । यतिसम्मकी दिनभर पालो कुरेर भएपनि मञ्जुलाई नै रोज्ने गर्दछन् । मुद्दाको छलफल होस् या कुनै विवादमा मञ्जुले दुवै पक्षलाई निस्पक्ष भएर छलफल गराउँछिन् । पक्ष विपक्षको मेलमिलापमा बस्दा उनी पीडित पक्षलाई पारिवारिक वातावरण दिन्छिन् । भन्छिन् ‘मेरो ड्युटी मात्र ठूलो होइन, पीडितले न्याय पाउनु ठूलो कुरा हो ।’ उनी पीडितहरुको छलफलमा बस्ने मात्र होइन आर्थिक समस्या भएका पीडितलाई आफुसँगै खाना खुवाएर पठाउँछिन् । कतिलाई कपडा दिन्छिन् भने कतिलाई आफैसँग राखेर परामर्श दिन्छिन् । जसको कारण मर्नुको विकल्प नदेख्ने पीडितहरु पनि मञ्जुसँग भेट गरेपछि नयाँ जिवन बोकेर फर्कन्छन् । उनी भन्छिन् ‘पीडित महिलाहरु आफ्नै  आमा र दीदि बहिनीजस्तो लाग्छ ।’ जसले गर्दा पीडित पालो कुरेर भएपनि मञ्जुलाई नै पर्खिरहेका हुन्छन् ।

हाम्रो कथा डट कमबाट साभार

चर्चामा

सम्बन्धित समाचार