शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमपातका कारण बढ्यो वन्यजन्तु शिकार, गस्ती गर्दै प्रहरी

हिमपातका कारण बढ्यो वन्यजन्तु शिकार, गस्ती गर्दै प्रहरी

  • शुक्रबार, माघ २५, २०७५
हिमपातका कारण बढ्यो वन्यजन्तु शिकार, गस्ती गर्दै प्रहरी

बाजुरा : हिमपातको समयमा बढी वन्यजन्तु चोरी शिकारी हुने उजुरी आएपछि प्रहरीले हिमाली भेगमा गस्ती बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले बडीमालिका, बुढीनन्दा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको हो। हिमपात भएपछि वन्यजन्तु तल्लो भेगमा आउने कारण वन्यजन्तुलाई पासो र कुकुरको प्रयोग गरेर मार्ने गरेको पाइएको हो। वन्यजन्तुको सम्भावित वासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए। हिउँमा फसेका मृग लगायत जनावर र चिसोले औलतिर झरेका पक्षीको शिकार गर्न सजिलो हुने भएकाले हिमपातपछि हिमाली क्षेत्रका बासिन्दा हुल बाँधेर शिकार खेल्न जाने गर्छन्। बन्दुक, भाला, हँसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुरसहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पक्षी शिकार गर्ने गरेका छन्। त्यस्तै बाजुरा जिल्लाका हिमाली भेगमा बन्यजन्तुको चोरी शिकार गर्न स्थानीय बासीको समूह दुई हप्तासम्म जंगलमा बस्ने गर्छन्। बाजुराको सदरमुकाम मार्तडीमा प्रति डाँफे र मुनाल १५ सयदेखि २ हजार, कालिज १ हजार भन्दा बढी मुल्यमा बिक्री हुने गरेको छ। त्यस्तै बँदेल, घोरलको प्रतिकेजी ५ सयमा कस्तुरी मृगको मासु प्रतिकेजी एक हजारमा बिक्री हुने गरेको मार्तडीका एक शिकारीले बताए। सदरमुकाममा सबैभन्दा बढी ठेकेकदार कार्यालयका कर्मचारी र व्यापारीहरूले किन्ने गरेका छन्। बाघको छाला र भालुको पित्त भने चीन, तिब्बत र भारतमा बिक्री हुने गरेको पाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

चर्चामा

सम्बन्धित समाचार