बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका स्थानीय तहमा कर्मचारी नहुँदा समस्या

बाजुराका स्थानीय तहमा कर्मचारी नहुँदा समस्या

  • बुधबार, माघ २३, २०७५
बाजुराका स्थानीय तहमा कर्मचारी नहुँदा समस्या

बाजुरा,
बाजुराका नौ ओटै स्थानीय तहमा कर्मचारी नहुँदा समस्या भएको छ । कर्मचनारी नहुँदा जिल्लाका विकट ठाँउमा रहेका गाउँपालिकामा भने झनै समस्या भएको हो ।
कर्मचारी नहुँदा गाँउपालिका र नगरपालिकाको सेवा लिनका लागि समदरमुकाममै पुग्नु पर्ने बाध्यता रहेको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने– ‘नयाँ संरचना आयो भनेको त झन काम गर्न उस्तै समस्या छ ।’
सिंहदरवारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय सेवाग्राहीलाई सुलभ सेवा दिन नसकेको वडा अध्यक्षहरू बताउँछन् ।
गाउँमा सबै सेवा उपलब्ध गराउने भनेर चुनावी प्रचार गरिएको तर कर्मचारी ब्यवस्थापनमा समस्या भएकाले जनताको माग पूरा गर्न नससेको बडिमालिका नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । ‘कर्मचारी छैन कसरी वडा कार्यलय चलाउने ?’ वडा अध्यक्ष पाध्यायले भने । कार्यलय सचिवदेखि वडा अध्यक्षसम्म सबै काम आफैंले गर्ने गरेको उनको भनाइ छ ।
गाउँपालिका र नगरपालिकामा वडा कार्यलय समेत स्थापना भइसकेको छन् तर कर्मचारी भने एकजना पनि नभएको वडा अध्यक्षहरुको गुनासो छ ।
अहिले केही काम त वडाअध्यक्षहरुले गरिरहेका छन् भने केही कर्मचारी नहुँदा निकै प्रभावित भएका छन् । जिल्लामा ५ गाउँपालिका र ४ नगरपालिका गरी ९ वटा स्थानय तह छन् । जिल्ला भरी ६९ वडा रहेका छन् । यी स्थानीय निकायका वडामा १ सय २९ जना प्रशासनिक कर्मचारी अभाव रहेको जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकायाले जानकारी दिए ।
वडामा सुब्बा स्तरको कर्मचारी हुनु पर्ने ब्यबस्था भएपनि खरीदार समेत नभएको रोकायाले बताए । कर्मचारी ब्यवस्थापन समितिले भने कर्मचारी आवश्यक भनेर सामान्य प्रशाससन मन्त्रालयलगायत अन्य निकायमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

चर्चामा

सम्बन्धित समाचार