शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गौमुल
  • बाजुराको गौमुल गाउँपालिकाका दुई वडा साक्षर घोषणा

बाजुराको गौमुल गाउँपालिकाका दुई वडा साक्षर घोषणा

  • बुधबार, माघ २३, २०७५
बाजुराको गौमुल गाउँपालिकाका दुई वडा साक्षर घोषणा

मदन वि.क.
बाजुरा
बाजुराको गौमुल गाउँपालिकाका दुई वटा वडा एकै साथ साक्षर वडा घोषणा गरिएका छन् । शनिबार गाउँपालिकाभित्र रहेका ६ वटा वडा मध्ये ४ र ५ नं. वडालाई गाउँपालिकाले साक्षर वडा घोषणा गरेकोे हो ।
गाउँपालिकाका दुई वटै वडा भित्र रहेका १८ वर्ष माथिका निराक्षर नागरिकहरुलाई साक्षर बनाउनका लागि केयर नेपाल÷गिफ्ट बाजुरा अबसर परियोजनाको साझेदारी तथा तत्कालिन जिल्ला शिक्षा कार्यालय बाजुराको समन्वयमा दुई ओटै वडामा १३ वटा साक्षरता कक्षा संचालन गरेर वडा भित्रका नागरिकलाई साक्षर बनाउन सहयोग गरेपछि दुई ओटै वडा एकसाथ घोषणा गरिएका हुन् ।
वडामा साक्षरता कक्षा संचालन गरिएपछि वडामा रहेका १८ वर्षदेखि ६० वर्ष उमेर भित्रका महिला र पूरुष गरि जम्मा ३ सय ७५ जना निराक्षर नागरिकहरुले साक्षरता कक्षा संचालनबाट साक्षर बनेका छन् । वडाभित्र रहेका विद्यालय जाने उमेरका सबै बालवालिकाहरु विद्यालयमा भर्ना भएका र बाँकी गाउँका सबै नागरिकहरु साक्षर भएपछि दुई ओटै वडालाई एकसाथ साक्षर वडा घोषणा गरिएका हुन् ।
साक्षर वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले आगामी फागुन मसान्त भित्र गाउँपालिकाका सबै वडालाई साक्षर घोषणा गरेर जिल्लाकै पहिलो पूर्ण साक्षर गाउँपालिका बनाउने लक्ष्य रहेको बताएका थिए ।
शिक्षाको बिकासले मात्रै समाजको बिकास हुने बताउँदै अध्यक्ष रोकायाले भने यो साक्षर अभियानमा सबैले सहयोग गर्न आग्रह गरेका थिए । वडा साक्षर घोषणा कार्यक्रममा वडा भित्रका विभिन्न महिलाहरुका आमा समुहरुलाई गिफ्ट बाजुराले पुरस्कार समेत प्रदान गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार