संसद्मा कांग्रेसको नाराबाजी, रवि लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग यथावत्
काठमाडौं —सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ। बैठक सुरू हुने वित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन्। उनीहरूले सहकारी पीडितलाई न्याय दे,सहकारी ठगलाई कारवाही गर,संसदीय छानबिन गठन गर लगायत नारा लगाइरहेका छन्। सभामुख घिमिरेले नीति […]