• होमपेज
  • समाज
  • धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटनाः ७ जनाको मृत्यु

धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटनाः ७ जनाको मृत्यु

  • शनिबार, असार ७, २०८२
धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटनाः ७ जनाको मृत्यु

धनगढी— धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुुँदा ७ जनाको मृत्यु भएको छ। त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो ।
घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार