कहिले पाउँछन् गिट्टी कुटेको पैसा,कैलास पिमीका मजदुर आमाहरुले
अर्थ जङ्ग शाही/ बझाङ्ग — उमेरले ६५ कटेकी । कपाल सेतै फुलेको । दुवै हात फुटेका, खुट्टा पनि उस्तै । घरखर्च चलाउनलाई श्रम गर्दै आएकी छिन जयपृथ्वी नगरपालिका वडा नं. १ नयाँबस्तीकी अवकति सिंह । घरखर्च चलाउनलाई गत वर्ष कुटेका गिट्टीको पैसा एक वर्ष वितिसक्दा पनि नपाएपछि अहिले निराश छिन् उनी । उनलाई बेला-बेला काम […]