बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङमा माक्सकाे कालाे बजारी सर्जिकल माक्सकाे मुल्य १५ रूपैँया

बझाङमा माक्सकाे कालाे बजारी सर्जिकल माक्सकाे मुल्य १५ रूपैँया

  • सोमवार, जेष्ठ ३, २०७८
बझाङमा  माक्सकाे कालाे बजारी सर्जिकल माक्सकाे मुल्य १५ रूपैँया

अर्थ जङ्ग शाही / बझाङ्ग — बझाङमा माक्सको कालो बजारी बढ्न थालेको छ । सर्जिकल माक्सको होलसेल रेट ३ रुपैयाँ पर्ने माक्सको यता बझाङमा भने खुर्दा मुल्यमा १० रुपैयाँमा बेच्ने गरेको स्थानीयले बताएका छन् । माक्समा समेत कालोबजारी हुन थालेपछी स्थानीय मर्कामा परेका छन ।
जयपुथ्वी नगरपालिका १० चैन्पुरमा बस्ने एक स्थानीयले भने, प्रशासनको गेट अगाडीका कुनै कुनै पसलमा भने १५ रुपैयामा बिक्री वितरण गर्ने गरेको पाइएकाे बताएका छन । यस बारेमा भने  प्रशासनले कुनै चासो नदिएकाे स्थानीयले बताएका छन । महामारीकै बेला यस्ताे गर्ने ब्यपारीहरूकाे पशलमा सिल लगाएर घर पठाउनु पर्ने स्थानीयकाे भनाइ रहेकाे छ । केही समय अगाडी १० रूपैयमा पाउने माक्सकाे यतिबेला बजारमा १५ रूपैयामा बिक्री हुन थालेकाेमा स्थानियले बिमती जनाएका छन । यस बिषयमा प्रशासनले तत्काल छानबिन गरी कार्बाही गर्नुपर्ने नागरिक अगुवाकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार