बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा स्वास्थ्य संयोजक शाहद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बुढिगंगा स्वास्थ्य संयोजक शाहद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
बुढिगंगा स्वास्थ्य संयोजक शाहद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक तथा सामाजिक अभियान्ता दिपक शाहले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार रुपैया सहयोग गरेका छन ।
नेपालले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै स्वास्थ्य संयोजक शाहले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको स्वास्थ्य संयोजक शाहले बताए ।

चर्चामा

सम्बन्धित समाचार