शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • हाडजोर्नी रोग बिशेषज्ञ डा.श्रीराम खाति र उनका बुवाले अक्सिजन ब्यबस्थापनका लागि १ लाख सहयोग

हाडजोर्नी रोग बिशेषज्ञ डा.श्रीराम खाति र उनका बुवाले अक्सिजन ब्यबस्थापनका लागि १ लाख सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
हाडजोर्नी रोग बिशेषज्ञ डा.श्रीराम खाति र उनका बुवाले अक्सिजन ब्यबस्थापनका लागि १ लाख सहयोग

बाजुरा–हाडजोर्नी बिशेषज्ञ डा. श्रीराम खाति र उनका बुवा मनबिर खातिले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १ लाख सहयोग गरेका छन् । डा. खातिले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि गरेका हुन् ।

बाजुराको बुढिगंगा नगरपालिका ४ घर भएका डा. खाति अहिले धनगढीमा रहेको निर्सग अस्पतालमा कार्यरत रहेका छन् । खातिका बुवा मनबिर खाति भानुदय उच्चमाबिका प्रअ रहेका छन् । डा. खातिले भने हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्न सक्छ, संकटको बेला नै हो सहयोग गर्ने सामाजिक दायित्व हो उनले वताए । अक्सिजन नहुदा बिरामीले भोग्नुपरेको पिडा राम्रो सँग जानकारी छ, अरुलाई पनि यस्तो महामारीमा सहयोग गर्न डा. खातिले आग्रह गरेका छन् ।

कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबश्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा अक्सिजन ब्यबस्थापन गर्नका लागि सहयोग अभियान संचालन गरेका छन् । भानुदय उच्च माबिका प्रअ मनविर खातिले भने यो बेला अरुको बिरोध गर्नु भन्दा पनि आफ्नो क्षेत्र बाट सक्ने सहयोग गर्नु पर्ने वताए । आफुहरुले पैसा भएर भन्दा पनि यो बेला हाम्रो सानो सहयोगले अक्सिजन नपाएर तड्पिरहेका बिरामीको ज्यान बाँँच्न सक्छ भनेर सहयोग गरेको उनले वताए ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई सहयोग गर्ने अभियान्ता चक्र मल्लले बताएका छन । उक्त अभियानमा धेरैले सहयोग गरिरहेको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार