बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • ब्यापारी सुरेन्द्र नाथ याेगी द्धारा अक्सिजन ब्यबस्थापन गर्न २० हजार सहयोग

ब्यापारी सुरेन्द्र नाथ याेगी द्धारा अक्सिजन ब्यबस्थापन गर्न २० हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
ब्यापारी सुरेन्द्र नाथ याेगी द्धारा अक्सिजन ब्यबस्थापन गर्न २० हजार सहयोग

बाजुरा — सदरमुकाम मार्तडी ब्यापार गर्दै आउका ब्यापारी सुरेन्द्र नाथले अक्सिजन खरिदका लागि २० हजार सहयोग गरेका छन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन किन्न अभियान संचालन गरे संगै ब्यापारी नाथले पनि सहयोग गर्न तयार रहेको बताएका छन । सोही अभियान अन्र्तगत खप्तड छेडेदह गाउँपालिका घर भई हाल सदरमुकाम मार्तडीमा ब्यापार गर्दै आएका ब्यापारी नाथले अक्सिजन खरिद तथा आपुर्तीका लागि २० हजार सहयोग गरेकाे बताएका छन । ब्यापारी नाथ यस अघि पनि बिभिन्न  सामाजिक अभियानमा सहयाेग गर्दै अाएका थिए ।

कसैकाे सानाे सहयाेगले ज्यान जाेगाउन सकिन्छ भन्ने उदेस्यका साथ साे अभियानमा म लागेकाे नाथले बताए ।कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई हस्तान्तरण गर्ने  बताए । ब्यापारी नाथले त्यती पैशाले नपुग्ने हुदा जिल्ला बासी सबैलाई यस अभियानमा सामेल हुन आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार