बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • समाजिक बिकाश कार्यालय प्रमुख धामीले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

समाजिक बिकाश कार्यालय प्रमुख धामीले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
समाजिक बिकाश कार्यालय प्रमुख धामीले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — जिल्ला सामाजिक बिकाश कार्यालय बाजुराका प्रमुख धनराज धामीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन ।
धामीले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेको बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै थापाले पनि सहयोग गरेको कार्यालय प्रमुख धामीले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको सामाजिक बिकाश कार्यालय प्रमुख धामीले बताए ।

चर्चामा

सम्बन्धित समाचार