थप आठ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो
पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ। आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया […]