शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • ७० सांसदको समर्थनमा जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने, एकीकृत समाजवादीको पनि समर्थन

७० सांसदको समर्थनमा जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने, एकीकृत समाजवादीको पनि समर्थन

  • सोमवार, पुस २५, २०७९
७० सांसदको समर्थनमा जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने, एकीकृत समाजवादीको पनि समर्थन

काठमाडौँ –  नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलको पक्षमा ७० जना सांसदको समर्थन जुटेको छ । जम्कट्टेललाई एमाले, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूले समर्थन गर्ने भएका हुन् ।

सोमबार हेटौडामा भएको छलफलपछि जम्कट्टेलको पक्षमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारलाई समर्थन गर्न सहमत भएका हुन् । यो सँगै ७० सांसदको हस्ताक्षरसहित जम्कट्टेल २ बजे मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको जाँदै छन् ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् भने नेकपा एकीकृत एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टी २ जोडिदा जम्कट्टेलको पक्षमा समर्थन गर्ने सांसद ७० पुगेका हुन् । हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जम्कट्टेललाई समर्थन गर्न हस्ताक्षर गरिसकेको र २ बजे आफूहरू पनि प्रदेश प्रमुखकोमा जाने बताए ।

चर्चामा

सम्बन्धित समाचार