किसान र शिल्पकारको पर्व
सिरहा : तराई–मधेसमा छठपर्वको उल्लास छ। मानिसहरू सामग्री किनमेलमा व्यस्त छन्। कोही प्रसादको तयारीमा व्यस्त छन्। छठ किसान र शिल्पकारको पर्व हो। छठमा किसानले उब्जाएका भण्टा, मूला, बेसार, अदुवा, उखु, केरा, नरिवल, सुथनी, पानको पात, फलफूल चढाइन्छ। यसैगरी डोम र कुमाल समुदायले उत्पादन गरेको बाँसको ढकिया, नाङ्लो, कोनिया, माटोको भाँडो, माटाकै कलात्मक हात्तीलाई पूजा सामग्रीका रूपमा […]