शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • भाइटिकाका लागि व्यस्त ‘बहिनीहरु’

भाइटिकाका लागि व्यस्त ‘बहिनीहरु’

  • सोमवार, कार्तिक ११, २०७६
भाइटिकाका लागि व्यस्त ‘बहिनीहरु’
बाजुरामा भाइटिकाका लागि बारीमा ढकमक्क फुलेका फुलहरु टिप्दै बहिनीहरु । तस्वीर संगीता

संगिता तिमिल्सेना
बाजुरा ११ कार्तिक । जिल्लाको गौमुल गाउपलिका वडा नं २ मल्दुगुनकी रविना रोकायालाई यतीखेर सेलरोटी, फिनीरोटी, लगायतका मिठा मिठा परिकारहरु पकाउनुका साथै फुलमाला बनाउन भ्याई नभ्याई भएको छ । उनको अनुहारमा २÷३ दिन अगाडीदेखि निकै चमक देनि थालेको छ । उनी बिहान उठ्नै वित्तिकै नुहाउछिन् र पुजापाठ गरेर भाइटिकाको सामाग्री को तयारीका लागि जुट्छिन् ।
बुढिनन्दा नगरपलिका वडा नं ५ की दुर्गा पाध्यायको अवस्था पनि यो भन्दा फरक छैन । उनी गाउँभरीका दिदि बहिनीहरुलाई बोलाएर सेलरोटी पकाउनमै व्यस्त छन् । भाइटिकाको रौनक गाउमा छाउनथालेपछि पुरै गाउभरी नै सेलरोटी लगायतका मिष्ठान्न परिकारको बास्नाले भरीएको छ । भाइटिका आउन २ दिन बाँकी भएपनि बहिनीहरु सामाग्री तयार गर्न निकै व्यस्त देखिन्छन्। जती बहिनीहरु व्यस्त छन् । त्यत्तीनै उनिहरुको मुहारमा खुसी देखिन्छ ।
यो बेला दिदि बहिनीहरुले आलोपालो गरेर सबैको घरमा सेलरोटी पकाउने प्रचलन रहेको छ । हरेक दिदि बहिनीहरुले आफ्ना भाईहरुलाई मठा मिठा परिकार खुवाउनका लागि निकै मेहनत गरी सामाग्री जुटाएर पकाउने गर्दछन्। त्यती मात्रै नभएर तैले कती र मैले कति किसमिका परिकार बनाए भन्ने कुराको पनि प्रतिस्पर्धा छ र त्यसमा खुसी पनि उत्तिकै रहेको बुढीनन्दा नगरपालिका ५ कै अलि उमेर ढल्कीसकेकी दिदि उजिरा जैशीले भनिन् ।
उनको भनाई अनुसार यो पर्व नै नेपालीहरुको सबैभन्दा ठुलो पर्व हो । अरु चाडवाडहरुमा त जो जहा छन् त्यही बसेर रमाइलो गर्दछन् । तर भाइटिकामा जटीटाढा रहेका भाइहरु पनि दिदिबहिनी भेट्न घरमै आउने, टिका लगाउने एक अर्कालाइृ आर्शिवाद दिने, संगै बसेर खाने सबैभन्दा उत्तम पर्व हो ।
अहिले जिल्लाभरीका हरेक दिदि बहिनीहरु भाइटिकाको सामग्री जुटाउनमै व्यस्त देखिन्छन् । कोही फुलफुलेका ठाउमा टिपेर माला बनाउने काममा व्यस्त छन् भने कोही विभिन्न मिष्ठान्न परिकार बनाउन व्यस्त छन् । दिदि बहिनीहरुको यो अनुहारको खुसी देखेर भाईहरु पनि बाहिरबाट घर जानेक्रम निकै बढेको देखिन्छ ।
वडिमालिका नगरपालिका – ७ का स्थानिय कुश्मराज पण्डितका अनुसार तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई, भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा(मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान(दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्नि्हित पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पा“च दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ । यी पा“च दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख(समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्नि्हित छ ।
उनले भने पौराणिक कथाअनुसार परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा, त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहा“ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन । त्यही बेलादेखि नै भाइटिकाको प्रचलन सुरु भएको भन्ने छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाचौं दिन भाइटीका पर्छ । दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान(सुपारी आदि दिइन्छ । भाइटीकाका दिन टीका नलगाई केही खान हु“दैन।
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छ । भाइटीका लगाउन ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मीठा(मीठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउ“दैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन । सप्तरंगी टीकामा भावना मिसिएका भन्न प्रचलन रहेको ज्योतिष कुश्मराज पण्डितले बताए ।
दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान(प्रदान गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार