महिनावारी पछि सार्न औषधि लिनु स्वास्थ्यको लागि हानिकारक
महिनावारीको समयमा महिलाले दुई खाले समस्या भोग्छन्। एउटा दुःखाई र अर्को रगत बग्ने। महिलाको महिनावारी हुनुभन्दा पहिला ढाँड, पेट निकै दुख्छ। सामान्य दुःखाइले आफ्ना गतिविधिलाई असर गर्दैन। कतिपयलाई सामान्य दैनिक गतिविधिलाईसमेत असर पर्नेगरी दुख्छ। अर्को समस्या रगत धेरै बग्नु र महिनावारी अनियमित हुनु हो। सामान्य अवस्थामा २८ देखि ३५ दिनमा महिनावारी हुन्छ।२१ दिनभन्दा पहिला र […]