बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • कस्तो रहला आगामी तीन दिनको मौसम ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?

  • मङ्लबार, कार्तिक २३, २०७८
कस्तो रहला आगामी तीन दिनको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर परेको छैन । मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी, बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने, राति पनि पहाडी भूभागमा आंशिक बदली भएपछि अन्य देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, महाशाखाले आगामी तीन दिनभित्र प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार