दोलखामा सम्पर्कविहीन हेलिकप्टर सुरक्षित फेला
काठमाडौं— शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए । ‘हाम्रो हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको छ,’ लामिछानेले भने, ‘हामी विस्तृत विवरण लिइरहेका छौं ।’ उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको […]