बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बुढीगंगा नदिमा रहेको बेलिब्रिज दानसाँघु खोलामा सारिदै

बुढीगंगा नदिमा रहेको बेलिब्रिज दानसाँघु खोलामा सारिदै

  • बिहिबार, चैत्र १२, २०८२
सेयर गर्नुहोस् :
बुढीगंगा नदिमा रहेको बेलिब्रिज दानसाँघु खोलामा सारिदै

बाजुरा– बाजुराको जडाङ्गा स्थित बुढिगंगा नदिमा रहेको बेलिब्रिज खोल्ने काम शुरू भएको छ । यो बलिब्रिज कोल्टीको दानसाँघु खोलामा सार्न लागेको हो । बाजुराको जडाङ्गा स्थित बुढीगंगा नदिमा रहेको उक्त  बेलिब्रिज  दानसाँघु खोलामा स्थानान्तरणकाे कार्यकाे थालनी गरिएकाे जनाएकाे छ  । मार्तडी काेल्टी सडक अन्तरगत जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने तयारीका साथ बेलीबृज खाेलेर ढुवानीकाे कार्य भइरहेकाे सडक डिभिजन कार्यालय अछामले जनाएकाे छ ।

साँफे–मार्तडी सडकखण्ड अन्तर्गत जडाङ्गा स्थित बुढिगंगा नदिमा रहेको प्रयोगविहीन  बेलिब्रिजलाई हाल दानसाँघु खोलामा स्थानान्तरण गर्न थालिएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताएका छन । नगरप्रमुख  बोहराले जिल्लाको पूर्वोत्तर क्षेत्रका चारवटा स्थानीय तहका साथै हुम्ला र मुगुका बासिन्दाको आवागमन सहज बनाउन उक्त पुल स्थानान्तरण कार्य भइरहेकाे बताएका छन ।  बुढीनन्दा नगरपालिकाको पहल तथा सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा पुल स्थानान्तरण कार्य अघि बढाइएको उनले जानकारी दिए ।

पछिल्ला पाँच वर्षदेखि उक्त पुल जडाङ्गा खोलामा अलपत्र अवस्थामा थियो । सुरुमा त्यहाँ पक्की पुल नहुँदा बेलिब्रिज संचालन भएकाे  भए पनि पछि नजिकै पक्की पुल निर्माण भएपछि यो प्रयोगविहीन बनेको थियो । सडक डिभिजन कार्यालय अछामका अनुसार करिब २ करोड २२ लाख रुपियाँको लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा बेलिब्रिज स्थानान्तरणको काम भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार