बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले खुवाए नवनिर्वाचित सांसदहरूलाई शपथ

प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले खुवाए नवनिर्वाचित सांसदहरूलाई शपथ

  • बिहिबार, चैत्र १२, २०८२
सेयर गर्नुहोस् :
प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले खुवाए नवनिर्वाचित सांसदहरूलाई शपथ

काठमाडौं — प्रतिनिधिसभाका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा नवनिर्वाचित सदस्यहरूलाई शपथ खुवाएका छन् । सिंहदरबारस्थित निर्वाणाधीन संसद भवनमा बिहीबार उनले शपथ खुवाएका हुन् ।

नवनिर्मित संसद भवनको बहुउदेश्यीय सभा हलमा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरू सपथ ग्रहणका क्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाक लगाएर शपथ ग्रहण स्थलमा पुगेका थिए ।संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ ।

शपथ कार्यक्रमअघि संघीय संसद्का महासचिव पदमप्रसाद गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार