बाजुराकी अनमी रमाले ५ घण्टा कृत्रिम श्वास दिएर शिशुको ज्यान बाच्यो
बाजुरा —बाजुराको गौमुल गाउँपालिका १ माडी बस्ने २९ बर्षकी निशा बोहरालाई माडी सामुदायिक स्वास्थ्य केन्द्रमा आफन्तले सुत्केरी गराउन लगे । स्वास्थ्य संस्था पुगाउदा टाउ पेटमा अड्किएको थियो, खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकाले । स्वास्थ्यकर्मीको सहयोगमा निशाले तेस्रो सन्तानका रुपमा छोराको जन्म दिइन् । जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । […]