• होमपेज
  • देश/प्रदेश
  • दल दर्ता आज मात्रै

दल दर्ता आज मात्रै

  • आइतवार, मंसिर १, २०८२
सेयर गर्नुहोस् :
दल दर्ता आज मात्रै

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते (आज) आइतबारसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगको समयसीमा सोमबार सकिँदै छ । आयोगले चुनावमा भाग लिन कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने गत असोज २० गते नै प्रस्ट्याएको थियो तर हालसम्म दुई वटा नयाँ दलले मात्रै दर्ताको प्रमाणपत्र पाएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले सोमबारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता हुने हुँदा कात्तिक ३० गतेभित्र दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगको निर्णय यथावत् रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “दल दर्ताको अवधि थप्ने विषयमा छलफल भएको छैन । अहिलेसम्म ३० गते नै कायम हो ।” आयोगले दल दर्ताको समयसीमा तोकेयता करिब २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा छन् । श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार