हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना
हु्म्ला — सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा देखिएको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको पाइएको हो । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ […]