शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा अबैध काठ सहित एक जना पक्राउ

कञ्चनपुरमा अबैध काठ सहित एक जना पक्राउ

  • सोमवार, जेष्ठ ३, २०७८
कञ्चनपुरमा अबैध काठ सहित एक जना पक्राउ

धनगढी — कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुर बस्ने ४० वर्षीय जयबहादुर विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेतीले बताए।

उनका अनुसार विष्टले स्मुर्ती सामुदायीक वन भित्र रहेको २७.९१ क्युफिटको सिसमको ६ गोलीया काठ लगिरहेको अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको हो।

आवश्यक कारवाहीका लागि विष्टसहित काठलाई सब डिभिजन वन कार्यालय ब्रह्मदेवलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटीएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा सो काठ बरामद गरेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार