राष्ट्रिय जनसांस्कृतिक महासंघ बडीमालिका नगर कमिटी अध्यक्षमा बसन्त विक चयन
बाजुरा—नेकपा एमालेकाे जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ बडीमालिका नगर कमिटीको अध्यक्षमा बसन्त विक चयन भएका छन् । शनिवार सदरमुकाम मार्तडीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट विकको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको हो । त्यस्तै नगर कमिटी उपाध्यक्षमा निर्मला थापा, ईश्वरा ऐडी, सचिवमा सुमन विक, कोषाध्यक्षमा शर्मिला ऐडी र सहसचिवमा गोपाल सार्की, दिनेस रावल चयन भएका छन् […]