बाजुरा जिल्लामा अबस्थित धिम गाउँको खौँ: वर्षाका देवता बानादेवको कथा
बजुराको उचाइमा, हिमाली गोरेटोको बीचमा एउटा सानो गाउँ छ—धिम। यहाँको आकाश जहिले पनि बादल र घना कुहिरोको खेलले सजिन्छ। भदौको महिना सुरु भइसकेको छ। खेतबारी हरियालीले झन् उज्यालो देखिन्छ—कोदो र मकै अझै कलिला छन्, चिनो र कागुनोले पहेँलो र हरियो रंगको मिलन गरेको छ। सिमी, भटमास र मुला फक्रँदैछन्, र गाईभौंसी झरिसकेका छन्। गाउँलेहरू हर्षित […]