बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने
काठमाडौं —सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको […]