जनताले त छाडेर हिन्ड्नु पर्छ घरबार पनि,
जिवन यापनको देशमै न हुँदा आधार पनि।
बुझ्दैनन् देशको अभस्था छैन दुर दर्शिएता,
बेकार भयो कम्युनिष्ट भनौदा सरकार पनि।
संसद बिघटन गर्न कत्ति सोचेनन ओली जी,
पाखा लगाएछन आफ्नै त्यो कार्याभार पनि।
आस त थिएन यिनिहरुकै चाल देख्दा कत्ति,
दुई तिहाईमा आउनै सकेन त्यो निखार पनि।
कस्ले जित्यो कस्ले हाय्रो देशलाई बर्वाद पारे,
जनताले पाए महेङ्गी त्यो करकै उपाहार पनि।
ओलि प्रचण्डले गर्दा देशकै नाश भयको देखे,
राणा राजालाई अनि उछिने रुसका जार पनि।
रातो झण्डा उचाल्दैमा कोईनी कम्युनिष्ट हुँदैन,
चाहिँदाको भाडो जस्तै भयो उन्को प्यार पनि।