देश भित्रको राजनीतिमा सदै ब्यापार भयो,
कैले सडकमा कैले संसदमा मारामार भयो।
जनताले लडेर ल्याउँछन अधिकार आफुले,
अवसरबाद ऐयासी गर्ने सत्ता आधार भयो।
दसकौँ को माझिएको खारिएको अनुभवछ,
जुन सरकार आएपनि देशभित्र बेकार भयो।
संसदिए ब्यबस्था देखियौँ सबैले भोग्यौ अब,
भ्रष्टचारी अनमुक्ति र निर्दोश गिरफ्तार भयो।
हो यिनी कम्युनिष्ट थिएनन् सबैले बुझ्नु पर्छ,
त्यसैले दुई तिहाई भित्र स्वार्थको दरार भयो।
लोभी र सत्ता लिप्सा नेता भयपछि त देशमा,
हेर हिमाल पहाड तराई समेत नाङ्गेझार भयो।