
श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ।
यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो।
फोहोर खाएर हात्तीहरू बिरामी पर्न र मर्न थालेपछि भर्खरै सरकारले त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाएको छ।
धर्मपालनको तस्बिर ‘आवर चेन्जिङ वर्ल्ड’ अर्थात् ‘हाम्रो बदलिँदो विश्व’ शीर्षकको प्रतियोगितामा प्रथम भएको हो। उनले १,००० पाउन्ड हात पारेका छन्।
आरएसबीको युवा फोटोग्राफर उपाधि पनि श्रीलङ्काका १४ वर्षीय आश्विन गीर्तनले जितेका छन्।
उनले माझीहरूले छोडेका डन्डीमा बसेर तल पानीमा माछा ढुकिरहेका चराहरूको तस्बिर खिचेका थिए।

तस्बिर स्रोत,ASHWIN GEERTHAN
उक्त प्रतियोगितामा सहभागी उत्कृष्ट तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
— बिबिसी
