• होमपेज
  • समाज
  • कोराना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु

कोराना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु

  • बिहिबार, भदौ २५, २०७७
कोराना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु

चितवन । कोरोना संक्रमणबाट भरतपुरका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलजेमा उपचाररत भरतपुर महानगरपालिका ११ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका सञ्‍चार संयोजक हरि बोहोराका अनुसार श्वासप्रश्वास र निमोनियाँबाट ग्रसित उनी भदौ १८ गते अस्पताल भर्ना भएका थिए ।

२१ गते उनको स्वाब परीक्षण गरिएकामा २२ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको उनको आज बिहान १२ बजेर २० मिनेटमा मृत्यु भएको बोहोराले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार