• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा बिद्यालय सञ्चालन

बडिमालिका नगरपालिकामा बिद्यालय सञ्चालन

  • बिहिबार, भदौ २५, २०७७
बडिमालिका नगरपालिकामा बिद्यालय सञ्चालन

बाजुरा–बडिमालिका नगरपालिका भदौ २१ गते बाट बिद्यालय सञ्चालन गरेर पठनपाठन शुरु गरेको छ । सदरमुकाम भन्दा बाहिर रहेका २३ बिद्यालयमा आम्शिंक रुपमा पढाइ सञ्चालन गरेको नगर प्रमुख पदम बडुवालले वताएका छन् ।
नगरपालिका प्रअ सँगको छलफल पछि सदरमुकाम मार्तडीमा रहेको वालमन्दिर आधारभुत बिद्यालय र मालिका माबिमा भन्दा बाहेक २३ वटा बिद्यालय सञ्चालन गर्ने मौखिक सहमति भएको प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले वताएका छन् । मालिका माबिमा भने कक्षा १ देखी ३ सम्मलाइ बिद्यालयमा पठनपाठन गर्ने बाँकि कक्षाहरु रेडियो बाट सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ ।
शिक्षक र बिद्यालय ब्यबस्थापन समिति सँग छलफल गरेर सामाजिक दुरि कायम गरि मास्क अनिवार्य लगाउने गरि बिद्यालय सञ्चालन गरिएको नगरप्रमुख बडुवालले वताए । हप्तामा ३ दिन बिद्यालयमा पढाउने ३ दिन गृहकार्य दिन रहेको बिद्यालयले जनाएको छ । एउटा कक्षा बढिमा २० जना सहभागि गराउने र एउटा बेञ्चमा २ जना राख्ने गरेका छन् । एउटा कक्षालाइ दुई घण्टा सम्म पढाउने गरेका छन् । बिद्यालयले सेनिटाइजरको अनिवार्य ब्यबस्थापन गरिनु पर्ने नगरपालिकाले जनाएको छ ।
सरकारले बिद्यालय सञ्चालन नगर्न भनेपनि नगरपालिकाले सामाजिक दुरि र सरसफाई सामाग्रिको ब्यबस्थापन गरेर बिद्यालय सञ्चालन गरेको जनाएको छ । मालिका माबिले यो भन्दा पहिलो टोल शिक्षा र घर घरमा गएर पठनपाठन गर्दै आएको थियो । बिद्यालय बन्द हुदा बिशेषत बालवालिकका सिकाइमा ह्रास आउने भएकाले बिद्यालय सञ्चालन गरेको एक शिक्षकले वताएका छन् । गाँउमा त्यस्तो कोरोनाको जोखिम नभएकाले पनि बिद्यालय सञ्चालन गरेको बिद्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार