बाजुरा १७ भदौ-– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली बाजुरा अछामको बाढी पहिरोको स्थलगत अनुगमनको लागि आउने भएको छ । लगाताको वर्षाका कारण सुदुरपश्चिमका बाजुरा अछाम जिल्लामा पुर्याएको क्षेतिको स्थलगत अनुगमन गरि बाढी पहिरो पिडितलाई राहत वितरणको कार्यक्रम रहेको सुदुरपश्चिम प्रदेश सरकारका आत्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहका स्वाकीय सचिब जंग बिकले जानकारी दिएका छन् । लगातारको अविरल वर्षासंगै आएको बाढी र पहिरोमा परी ज्यान गुमाएका र बाढीले विस्थापित भएका परिवारलाई प्रदेश सरकारको निर्णयानुसार राहत वितरण कार्यक्रम भएकाले सोही अनुसार बिहीबार मुख्यमन्त्री भट्ट सहितको टोली उक्त क्षेत्रमा आउन लागेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीका स्वकीय सचिव जंग वि.क.ले जानकारी दिएका छन् ।
टोलीमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र अन्य सांसद र मुख्य सचिव सहित १५ जनाको टोली अछामको रामारोशन गाउँपालिका र बाजुराको बडीमालिका नगरपालिकाको मार्तडी, त्रिवेणी नगरपालिका,कोल्टी सहित विभिन्न ठाउँमा हेलिकप्टर मार्फत स्थलगत अनुगनम गर्ने कार्यक्रम रहेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिएका छन् ।
गैह्रेले दिएको जानकारी अनुसार बाढी पहिरोबाट पिडीतका परिवारसंग भेटघाट राहत वितरण र बाढीले पुर्याएको क्षतीको स्थलगत अनुगमन गर्ने कार्यक्रमको जानकारी प्रदेश कार्यालयबाट प्रप्त भएको बताएको छ ।
बिहीबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत अछाम आउने अछामबाट बाजुराको त्रिवेणी नगरपालिका त्यसपछि जिल्ला सदरमुकाम मार्तडी र कोल्टी क्षेत्रको अनुगमन तथा राहत वितरण कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीका स्वकीय सचिव विकले बताएका छन् ।