• होमपेज
  • समाचार
  • बझाङको पहिरोमा बेपत्ता भएका दाजुभाइको शव फेला

बझाङको पहिरोमा बेपत्ता भएका दाजुभाइको शव फेला

  • बुधबार, भदौ ३, २०७७
बझाङको पहिरोमा बेपत्ता भएका दाजुभाइको शव फेला

बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन्। उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो।

ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो। आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ। उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन्।

पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन्। घाइते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ।

घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका चार जनाको सकुशल उद्धार गरिएको थियो।

रासस

चर्चामा

सम्बन्धित समाचार