धनगढी : सुदूरपश्चिम प्रदेशका झण्डै ४१ हजारको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ४० हजार नौँ सय २५ जनाको कोरोना परीक्षण गरिएको हो।
कोरोना परीक्षण थालिएको झण्डै ६ महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको हो।
स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत २० हजार एक सय ५४, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १६ हजार दुई सय ३२ र डडेल्धुरा प्रयोशागाला मार्फत चार हजार तीन सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमबारसम्म ४२ हजार दुई सय ३६ जनाको स्वाब संकलन गरिएको छ।
स्वाब संकलन गरिएका एक हजार तीन सय ११ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ। धनगढी प्रयोगशालामा ८ सय २२, डडेल्धुरा प्रयोगशालामा चार सय सात र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ८२ जनाको स्वाबको कोरोना परीक्षण बाँकी रहेको छ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक लाख २४ हजार ६ सय ९० जनाको आरडिटी परीक्षण पनि गरिएको छ। अहिले भने आरडिटी परीक्षण बन्द गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार नौँ सय ४१ पुगेको छ। १० जना संक्रमितको मृत्यु भईसकेको छ।