बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

  • आइतवार, साउन ४, २०७७
विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

चक्र बहादुर अएडी–  बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर 5 मा रहेको कैलास आधारभुत बिद्यालय मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई मास्क र सावुन वितरण गरिएको गरिएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरस काेबिट १९ लाई लक्षित गरी सो सामग्री वितरण गरिएको गाउँपालिका कोडिनेटर बृख रावलले बताए । रावलका अनुसार यस महामारीका कारणले बिशेष गरी विधार्थीहरुमा प्रत्यक्ष असार परेको हुदा सो कुरालाई मध्यनजर गरी स्वाथ्य सुरक्षा सामाग्री बितरण गरिएको बताए । USDA WFP र IDS नेपालको आर्थिक सहयोगमा वितरण गरिएको उनले बताए । वडा नम्बर ५ का वडा अध्यक्ष गणेश रोकाया , महिला सदस्य शारदा बि क विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिता देवि बुढा र अभिभावक हरूको उपस्थितिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएकाे रावलले बताएका छन । आगामी दिनमा बाजुरा जिल्लाका दिवा खाजा  सञ्चालन भएका बिद्यालय हरुमा विद्यार्थी हरूलाई जुकाको औषधी बितरण गरिने पालिक कोडिनेटर  रावलले बताएका छन ।

USDA/UN WFP र एकिकृत विकास समाज नेपालको सहजिकरण मा विधालय सरसफाई कार्यक्रम अर्न्तगत  गौमुल गाउँपालिकामा सरसफाई सामग्री माक्स र सावुन वितरण गरिनुका साथै  बाल क्लब पुर्नगठन गरिएकाे अाइडिएस नेपालका बाजुरा संयाेजक प्रेम खनालले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार