बडिमालिका खवर ब्युराे — नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक गरे लगत्तै नेपाली काँग्रेस बाजुरा भित्र पनि अबको नेतृत्व लिनका लागि नेताहरुले दौडधुप अगाडि बढाएका छन् । पार्टीले आगामी जिल्ला अधिबेशन मंसिर महिनामा गर्ने निर्णय गरेको छ । तर त्यो समयमा कोरोनाको कारणले समयमा नै जिल्ला अधिबेशन हुन्छ नै भन्ने यकिन भने भइसकेको छैन । नेपाली काँग्रेस बाजुराको भावी नेतृत्वको लागि झण्डै आधा दर्जन नेताहरु अग्रसर भएका देखिन्छन् ।
वर्तमान सभापति कबिराज पण्डित पुन ः सभापति पदमा लड्ने पक्षमा रहेका छन् । त्यस्तै पुर्व भुमिसुधार सहायक मन्त्री जनक गिरि, पुर्व माननीय देवराज जोशी, पुर्व पार्टी सभापति मन बहादुर रावल, वरिष्ठ नेता रामशिह रावल, कांग्रेस नेता पदम शाहि पनि सभापति पदका आकाँक्षी हुन् । जिल्लामा कबिराज पन्डित, देवराज जोशी, पदम बहादुर शाहि पार्टी सभापति शेर बहादुर देउवा पक्षधरका रुपमा चिनिन्छन्, भने रामसिह रावल वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रुपमा र त्यस्तै पुर्व मन्त्री समेत रहेका जनक गिरि सिटौला समुहमा परिचीत छन् । पुर्व पार्टी सभापति समेत रहेका मान बहादुर रावल भने कुन कित्तामा उभिन्छन अझै प्रष्ट खुल्न सकेका छैनन् ।
बिगतको देखीको हेर्दा नेता देवराज जोशी, कबिराज पण्डित, पदम बहादुर शाही को एउटा र जनक गिरि, मन बहादुर रावल र रामसिह रावल को अर्को समीकरण बन्ने पनि देखिन्छ्र । सबै नेताहरु भने आ आफ्नो पक्षमा माहोल सृजना गर्न कसरतमा जुटिसकेका छन् । पुर्व पार्टी सभापति मन बहादुर रावल र पदम शाहिलाई पार्टी छोडेको आरोपले कार्यक्रताको बिश्वास जित्न त्यति सजिलो देखिएको छैन् । त्यो बेला यी नेताले जता सहयोग गर्छन् त्यो नै पार्टी सभापति बन्ने लगभग पक्का जस्तै हुने छ्र ।
कबिराज पण्डित र नेता देवराज जोशी दिनहुँ छलफलमा जुटिरहेका छन्, तर आफुले राष्ट्रिय निर्वाचन समेत हारेकोले एक कार्यकालको लागि पार्टी सभापतिमा आफुलाई सहयोग गर्न सभापति कबिराज पण्डित ले गरेको आग्रहलाई नेता देवराज जोशीले स्विकार्दै पार्टी सभापतिको तयारीमा उतारिसकेको विशेष श्रोत बताउछ । यो अवस्थामा देउवा पक्ष बाट सभापति कबिराज पण्डित एक्ला उम्मेदवार हुन सक्ने सम्भाबना पनि देखिन्छ ।
त्यस्तै अर्को पक्षमा भने सहमति भैसकेको जस्तो छैन । पुर्व मन्त्री जनक गिरि टिम भित्र सर्वसम्मत भए मात्र पार्टी सभापति लड्ने मनस्थितिमा छन्, तर उनलाई लड्नै पर्छ भन्ने कार्यकर्ताको ठूलो दबाब छ्र उता नेता रामशिह रावल जस्तो सुकै परिस्थितिमा पनि चुनाव लड्ने दाँउमा देखिन्छन् । यी दुई नेता बिच सहमति खोज्ने प्रयासमा कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डेको पनि भुमिका देखिन्छ ।
एक कार्यक्रताले भने पाण्डे भने उनी यो बिषयमा अझै बोल्न चाहेका छैनन् । कार्यकर्ताको दबाबको कारण अन्तत ः जनक गिरि नै यो समुहबाट उम्मेदवार बन्ने एक गोप्य श्रोत को दाबी छ्र । यसरी हेर्दा पुर्व मन्त्री जनक गिरि र सभापति कबिराज पण्डित बिच प्रतिस्पर्धा हुने पनि देखिन्छ ।
अब हेरौ को कसको पक्षमा उभिन्छन त ?
नेता जनक राज गिरिको पक्षमा कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डे, पुर्व पार्टी सभापति मन बहादुर रावल, जिल्ला समन्वय समिति सभापति नरेन्द्र रोकाया, हिमाली गाउँ पालिका अध्यक्ष गोबिन्द मल्ल, बुढिनन्दा नगरपालिका नगर प्रमुख पदम गिरि, त्रिबेणि नगरपालिका नगर प्रमुख रामशिह रावल, महासमिति सदस्य जुना दानी, नेता तिलक पुरी, राम बहादुर बोहोरा, भरत रोकाया, मीन भण्डारी, जगत बम, योगेन्द्र रावल, ताल रावत, शुभर्दा पाण्डे, देब बहादुर राेकाया, रबिन्द्र रोकाया, हिरेन्द्र रोकाया, दिनेश शाही, भरत बुढा लगाएत युवा नेताहरुको त्यो पक्षमा साथ हुने देखिन्छ ।
त्यस्तै सभापति कबिराज पण्डितलाई पुर्व माननीय देवराज जोशी, बुढिगङ्गा नगर प्रमुख दिपक शाह, खप्तड क्षेणेदह गाउँपालिका अध्यक्ष नर बहादुर रावत, पार्टी सचीव रनशिह अयडि, धनराज पण्डित, कबिता बिष्ट,उमा राेकाया, कुम्भनाथ योगि, सुरेन्द्र सिह, अमृता सिह, बिधा तिमल्सिना, चेतमान सिहं, एन मल्ल, प्रकाश रावल , जनक थापा, दिल बहादुर थापा लगायत युवानेताको यो पक्षलाई साथ हुने देखिन्छ ।
नेता पदम शाही देउवा समूह बाट सभापति उम्मेदवार नपाए या कबिराज पण्डितलाइ सहयोग गर्छन वा जनक गिरीलाइ गर्छन्, भन्न नसकिन एक स्रोतले वताएको छ । बडिमालिका नगर प्रमुख पदम बडुवाल पर्खर हेरको नितिमा देखिन्छन् । पदम बडुवालको भुमिका पनि यो अबिधेशनमा महत्वपुर्ण देखिन्छ । सदरमुकामको नगरपालिका र कार्यक्रता माझ लोकप्रियता कमाएका बडुवालको भुमिकाले पनि सभापति निर्धारण गर्ने देखिन्छ ।
त्यसै गरि भखरै लाेकतान्त्रीक फाेरमबाट समायाेजन भएका पुर्ण बहादुर सिहं लगायतकाे टिम बाट पुर्ण बहादुर सिहं पनी सभापतीकाे लागि दावी गरेका देखिन्छन । फाेरमकाे बिषेश श्राेतका अनुसार हाललाइ कुन टिमलाइ सहयाेग गर्ने भन्ने बिषयमा भने देखीएकाे छैन । तर चुनावमा निर्णायक बन्ने देखीन्छ । फाेरमबाट एकिकरण भएकाे पाटीकाे श्राेतका अनुसार पाटी उपसभातीमा जसले दिन्छ उसै टिममा पनी सहयाेग गर्ने देखीन्छ ।