कोरोनाभाइरस संक्रमणको बढ्दो मामिलापछि चीनको पश्चिम शिजियाङ क्षेत्रको राजधानी उरुमचीलाई ‘युद्धको स्थिती’ मा भएको इलाकाको रुपमा घोषणा गरिएको छ । शनिबार १७ नयाँ संक्रमित पाएपछि मानिसहरुको आवतजावतको विषयमा अधिकारीले कडा कदम उठाएका छन् । यद्यपि, यो संख्या कम छ र गत वर्ष ऊहान शहरमा कोभिड–१९ महामारीको सुरुवात पछि चीनमा खासै संक्रमितको संख्या यसरी ह्वात्तै बढेको पनि छैन ।
चीन यतिबेला कोभिड–१९ को संक्रमण र यसका कारण भएको मृत्युको मामिलामा संसारको शीर्ष २० देशमा पनि समावेश छैनन् । जोन होपकिन्स विश्वविद्यालयका अनुसार चीनमा संक्रमितको संख्या ८५ हजार रहेको छ भने ४ हजार ६ सयको मृत्यु भएको छ । शिजियाङ विशेषगरी विगर मुसलमान र अन्य टर्की अल्पसंख्यकको घर हो । साथै यहाँ सरकारको कडा नियन्त्रण छ । यसको राजधानी उरुमचीको जनसंख्या ३५ लाख छ ।
ताजा संक्रमितको संख्या बुधबार भेटिएको हो । यो क्षेत्रमा थुप्रै महिनापछि संक्रमित भेटिएका हुन् । तत्पश्चात्, शहरबाट आवतजावत गर्ने सबै उडानलाई बन्द गरिएको छ । सबवे सेवा पनि रद्द गरिएको छ । शनिबार अधिकारीले १७ संक्रमित भेटिएका छन् । एक अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘पूरा शहर युद्धको स्थितीमा प्रवेश गरिसकेको छ र सबै प्रकारको सामूहिक गतिविधिलाई रद्द गरिएको छ । ’
स्रोतः बीबीसी